PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुत्केरीको मृत्यु भएको घटनामा छानबिन गर्न काउन्सिलले ढिलाइ गरेको पीडितको आरोप



राधेश्याम पटेल

सुत्केरीको मृत्यु भएको घटनामा छानबिन गर्न काउन्सिलले ढिलाइ गरेको पीडितको आरोप

वीरगंज : वीरगंज पानीटंकी ८ स्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरमा गत कात्तिकमा दुई जना सुत्केरीको मृत्यु भएको घटनाको छानबिनमा ढिलाइ भएको मृतकका परिवारले आरोप लगाएका छन्। मृतकका परिवारले बिहीवार पत्रकार सम्मेलन गरी नेपाल मेडिकल काउन्सिलले छानबिनमा ढिलाई गरेको भन्दै आपत्ति जनाएका हुन्।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रगतीनगरकी मृतक अमृता श्रेष्ठकी आमा निशा श्रेष्ठ र बारा पचरौता नगरपालिका १ निवासी सुनिता देवीका जेठाजु साहेब ठाकुर लगायतका आफन्तले  नेपाल मेडिकल काउन्सिलको कामप्रति आक्रोश व्यक्त गरेका छन्। पीडित पक्षले गत मंसिर १३ गते पर्सा प्रहरीमा ज्यान मार्ने उद्योग सम्बन्धी उजुरी दर्ता गराएपनि अहिलेसम्म प्रहरीले घटनाको निष्पक्ष छानबिन नगरेको भन्दै गुनासो समेत गरे।

यता अस्पतालकी डाक्टर लक्ष्मी थापा गुप्ताले नेपाल मेडिकल काउन्सिलबाट आफूहरुले मौखिक रुपमा अस्पतालको सम्पूर्ण कामहरु पुनः सञ्चालन गर्न आदेश पाएको बताइन्। यसप्रति पीडितका आफन्तले गुनासो गर्दै नेपाल मेडिकल काउन्सिल र पर्सा प्रहरी समक्ष घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र आफूहरुलाई न्याय दिन माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell