PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेहालाई बुहारी बनाउने उदित नारायणको चाहना, के भन्छन् आदित्य?



पहिलोपोस्ट

नेहालाई बुहारी बनाउने उदित नारायणको चाहना, के भन्छन् आदित्य?

बलिउडका चर्चित गायक उदित नारायण झाले गायिका एवं इण्डियन आइडलकी जज नेहा कक्कडसँग बिहे गर्न आफ्नो छोरा आदित्य नारायणलाई सुझाव दिएको बताएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार उदितले आदित्यलाई बिहे नै गर्न सुझाव दिएका थिए। बिहे गर्ने भनेर आदित्य र नेहाले इण्डियन आइडलको मन्चमै परिवारको उपस्थितिमा प्रस्ताव साटासाट समेत गरेका थिए जसलाई दर्शकले पत्याएका थिए। १४ फेब्रअरीमा बिहे हुने पनि बताइएको थियो। तर, त्यो सबै टिआरपीका लागि गरिएको बताएका उदितकाे भित्री चाहना भने नेहालाई आफ्नो घरको बुहारी बनाउने थियो।

बिहीवार उनले सन्चार माध्यममा आदित्यले नेहासँग बिहे गर्नुपर्ने आफ्नो चाहना भएको र आफूले सुझाव समेत दिएको बताए। आफू अहिले पनि छोरा आदित्यलाई नेहाको नाम जोडेर घरमा जिस्क्याउने गरेको उदितले सुनाए।

नेहासँग लगनगाँठो कस्न आग्रह गर्दा आदित्यले नमानेको उदितले बताए।

'तपाईँहरु विश्वास गर्नुहुन्न होला, मैले छोरा आदित्यलाई नेहाको नामले चिढ्याउँछु। मैले नेहासँग बिहे गर्न भनेको थिएँ। तर, उसले मानेन', उदितले भने।

आदित्यले आफू अहिल्यै बिहे नगर्ने बताएको उदितले सुनाए। 'मैले आग्रह गर्दा आदित्यले अस्वीकार गरे। अहिले करियरमा फोकस हुन चाहन्छु भन्यो', उदितले सुनाए।

उदितले गायन क्षेत्रमा प्रगति गरिरहेको भन्दै नेहाकाे पनि प्रशंसा गरेका थिए। उनले नेहालाई प्रिय छोरी भन्दै आफूहरुले बुहारी बनाउन चाहेको पनि बताउँदै आएका छन्।

इण्डियन आइडलमा नेहा जज र आदित्य उद्घोषक हुन्। यी दुई भर्खरैमात्र 'गोवा बीच' गीतमा सँगै देखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell