PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्तो देखियो थाइल्यान्डमा नेपाली टोलीको अभ्यास

यस्तो देखियो थाइल्यान्डमा नेपाली टोलीको अभ्यास

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली क्रिकेट टोली अहिले थाइल्यान्डमा छ। नेपालले भोलि एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेट अन्तर्गतको खेलमा मलेसियासँग पहिलो खेल खेल्दै छ। एसियन कपको रोडम्यापका रुपमा लिइएको प्रतियोगितामा सहभागी हुन बिहीवार नेपाली टोली थाइल्यान्ड गएको थियो।

थाइल्यान्डमा रहँदा नेपालले आज अभ्यास गरेको छ। नेपालले २९ फेब्रुअरीमा पहिलो खेल मलेसियासँग खेल्नेछ। त्यस्तै मार्च १ मा हङकङ, मार्च ४ मा थाइल्यान्ड र मार्च ६ मा सिंगापुरसँग खेल्ने तय भएको छ। प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।

तस्विर : क्यान



ट्रेन्डिङ पोस्ट

Ncell