PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

७० करोड घुसको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध गोकुल बास्कोटाको मुद्दा



पहिलोपोस्ट

७० करोड घुसको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध गोकुल बास्कोटाको मुद्दा

काठमाडौं : ७० करोड टेप प्रकरणपछि मन्त्रीबाट राजीनामा दिएका गोकुलप्रसाद बास्कोटाले गाली बेइज्जतीमा मुद्दा दायर गरेका छन्।

बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदको विषयमा ७० करोड रुपैयाँ डिल गरिरहँदाको अडियो विजय मिश्रले सार्वजनिक गरेका थिए। सुरुमा बास्कोटाले अडियो रेकर्ड आफ्नै भएको स्वीकार पनि गरेका थिए।

तर, हिजोमात्रै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बास्कोटाको अडियोमा बोली नभएको दावी गर्दै नक्कली भएको बताएका थिए।

आज उनले गाली बेइज्जतीमा मिश्रविरुद्ध रिट दायर गरेका हुन्। फेसबुकमा उनले लेखेका छन् - ' म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell