PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चीनमा रहेका नेपालीको तथ्यांक संकलन गर्दै दूतावास



पहिलोपोस्ट

चीनमा रहेका नेपालीको तथ्यांक संकलन गर्दै दूतावास

काठमाडौं : बेइजिङस्थित नेपाली दूतावासले चीनमा रहेका नेपालीहरुको लगत संकलन थालेको छ। दूतावासले शुक्रवार सूचना जारी गर्दै चीनमा रहेका नेपालीहरुलाई आफ्नो व्यक्तिगत विवरण बुझाउन अनुरोध गरेको हो।

'कोरोनाभाइरस (कोभिड-१९)प्रकोपका विरुद्ध सुरक्षात्मक उपाय अपनाउने सन्दर्भमा चीनमा रहेका नेपालीहरुको अद्यावधिक विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ।

दूतावासले हालका लागि नेपाल फर्किएका नेपालीहरुलाई पनि विवरण पेश गर्न अनुरोध गरेको छ।

'यस बमोजिम संकलित विवरणले चीनमा रहनुभएका नेपालीहरुलाई विविध प्रकृतिको सेवा प्रदान गर्न सहज हुने समेत् दूतावासको अपेक्षा रहेको छ,' दूतावासले जारी गरेको सूचनामा उल्लेख छ।

फारम भर्नका लागि लिंकका यसमा क्लिक गर्नुस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell