PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भाइरल भइरहेको काखे बच्चा बोक्ने महिलामाथि प्रहरी लाठी : के थियो त्यो प्रकरण?



पहिलोपोस्ट

भाइरल भइरहेको काखे बच्चा बोक्ने महिलामाथि प्रहरी लाठी : के थियो त्यो प्रकरण?

केही घक्कामुक्की हुन्छ। काखे बच्चा बोकेर एक महिला भागिरहेकी देखिन्छिन्। पछाडिपट्टि एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) झन्डै आफ्नो उचाइको लौरो उठाएर महिलालाई प्रहार गर्न लागिरहेका देखिन्छन्। नभन्दै ती प्रहरीले महिलालाई लाठी प्रहार नै गर्छन्।

केही समयदेखि सामाजिक सञ्जालमा यो भिडियो भाइरल छ। भिडियोमा देखिएका प्रहरी निरीक्षक देवीप्रसाद पौडेल हुन्। उनी भैसेपाटीमा कार्यारत छन्। उनले महिलालाई लाठी प्रहार गरेको दृष्य कुनै सार्वजनिक वा निषेध गरिएको ठाउँको होइन रहेछ। यो त निजी कम्पाउन्डभित्रको दृष्य रहेछ।

प्रहरी निरीक्षक पौडेलले ती महिलामाथि किन निर्ममतापूर्वक प्रस्तुत भए?

बच्चा बोकेको महिलालाई लाठीले प्रहार गरेर के सावित गर्न खोजेका हुन्?

महिलालाई नियन्त्रणमा लिन त महिला प्रहरी नै जानुपर्ने व्यवस्था हुँदाहुँदै ती प्रहरीले कानुनको विपरीत किन लाठी हाने?

प्रश्नहरु सामाजिक सञ्जालमा छरपस्ट छ।

घटना के हो?

भाइरल भएको भिडियो गत बिहीवारको हो। देखिएको घर नेपाली सेनाका अवकासप्राप्त सहायक रथी हेम खत्रीको रहेछ। प्रहरीको प्रहार खेप्ने महिला भने हेमा श्रेष्ठ हुन्। श्रेष्ठ महिला अधिकारकर्मी तथा अभियान्ता हुन्।

पूर्व सैनिक अधिकारी र श्रेष्ठबीच खासै कुनै सम्बन्ध पनि देखिँदैन। अनि किन त?

खत्रीको एक अर्की महिलासँग कायम सम्बन्धले नै यस्तो अवस्था निम्त्याएको रहेछ। ती महिलाले खत्रीसँग सम्बन्ध भएको र उनलाई खत्रीले स्वीकार गर्नुपर्ने मागसहित त्यहाँ पुगेकी रहिछिन् हेमा। त्यही चर्केको विवाद मिलाउन हेमा पटकपटक खत्रीको घर पुगेको प्रहरीको भनाई छ।

'उहाँहरुले विभिन्न समयमा धर्ना दिनुभएको रहेछ। विवाद भइरहेको विषय रहेछ,' महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले भनिन्।

बिहीवार पनि श्रेष्ठ सहितको समूह खत्रीको घरमा पुगेको थियो। खत्रीले महिलाको समूह आएपछि प्रहरीलाई खबर गरेका रहेछन्। त्यही क्रममा पुगेका प्रहरी निरीक्षकले महिलालाई लाठी प्रहार गरेको खुलेको छ। 'लाठी प्रहार गरेको भिडियोमा हामीले पनि हेर्‍यौं। भएको के हो अनुसन्धान गर्छौं,' एसपी दुर्गा सिंहले भनिन्।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा महानगरीय प्रहरी परिसर ललितपुरले छानविन समित गठन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell