PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

राष्ट्रिय सभा सदस्य मनोनित गर्ने अधिकार पार्टीलाई छैन : डा राजन भट्टराई



पहिलोपोस्ट

राष्ट्रिय सभा सदस्य मनोनित गर्ने अधिकार पार्टीलाई छैन : डा राजन भट्टराई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले राष्ट्रिय सभा सदस्य मनोनित गर्ने अधिकार क्षेत्र पार्टीको नभएको बताएका छन्।

आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रिय सभा सदस्यको मनोनयनका सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेअनुसार राष्ट्रपतिले अन्तिम टुंगो लगाउने बताए।

सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने विषयमा पार्टीले सरकारलाई सुझाव मात्रै दिन सक्ने बताउँदै उनले भने, ‘मनोनयनको विषयमा पार्टीको निर्णय भन्ने हुँदैन। अस्ति १८ जनाको विषयमा पार्टीले निर्णय गर्यो निर्वाचन भयो। यो मनोनयनको विषय राष्ट्रपतिको विषय हो। पार्टीले निर्णय गरेर यो गर भन्ने होइन। सुझाव दिएको छ। त्यो सुझावलाई सरकारले कसरी लिन्छ भन्नेमा प्रधानमन्त्रीले जिम्मेवारीपूर्ण हिसाबले निष्कर्ष निकाल्नुहुन्छ।’

भट्टराईले गौतमको विषय व्यवस्थान नहुने विषय नभएको र उपयुक्त हिसाबले व्यवस्थापन हुने बताए।

यस्तै उनले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा मुछिएका बाँस्कोटामाथि छानबिन हुने र आरोप प्रमाणित भए कारबाही हुने दावी गरे। तर, छानबिन पुरा नहुँदै अपराधी जस्तो व्यवहार गर्नु उपयुक्त नहुने भट्टराईको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell