PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

डोपिङ मुद्दामा चीनका स्विमिङ स्टार सुन याङलाई ८ वर्ष प्रतिबन्ध



पहिलोपोस्ट

डोपिङ मुद्दामा चीनका स्विमिङ स्टार सुन याङलाई ८ वर्ष प्रतिबन्ध
Photo: Reuters

काठमाडौं : चीनका स्विमिङ स्टार सुन याङलाई खेलकुद हेर्ने अदालतले ८ वर्ष प्रतिबन्ध लगाएको छ। सन् २०१८ सेप्टेम्बरमा डोपिङ परीक्षणमा फेल भएका कारण उनीमाथि सो प्रतिबन्ध लगाइएको हो

तर, याङले भने प्रतिबन्धविरुद्ध अपिल गर्ने बताएका छन्।

उनले भनेका छन्, ‘यो उचित छैन। मलाइ मेरो निर्दोषतामा पूर्ण विश्वास छ।’

चाइनिज स्विमिङ एसोसिएसनले उनीमाथि लगाइएको प्रतिबन्धप्रति गम्भीर आपत्ति जनाएको छ।

याङले ओलम्पिकमा तीन पटक गोल्ड मेडल जितेका छन्। उनको नाममा १५ सय मिटरको फ्रि स्टाइल दौडको विश्व किर्तिमानी समेत दर्ता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell