PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जीप दुर्घटनामा एक जनाको मृत्यु



रासस

जीप दुर्घटनामा एक जनाको मृत्यु

सुर्खेत : गुर्भाकोट नगरपालिका-९ सुर्खेत झुल्केस्थित लु १ ज ४०७९ नम्बरको बलेरो जीप आज दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। सिम्ता गाउँपालिका-९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जीप दुर्घटनामा मृत्यु भएको हो।

मेहलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। नेपालगञ्जबाट सिम्ता जामुने बजार सुर्खेततर्फ गइरहेको उक्त जीप सडकको बायाँतर्फको भित्तामा ठोक्किएर दुर्घटना भएको उनले बताए।

प्रहरी निरीक्षक माधव चौधरी नेतृत्वको टोलीले सिम्ता-९ सुर्खेत निवासी २६ वर्षीय जीप चालक जीवन पुनको गाडीको अघिल्लो भागले च्यापिएको अवस्थामा उद्धार गरेको प्रवक्ता रावलले बताए। उनका अनुसार चालक पुनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ। घटनामा सिम्ता–९ का १९ वर्षीय जयबहादुर अधिकारी, ३० वर्षीय सूर्यबहादुर रोकाया, २८ वर्षीय ईश्वर गिरी र २२ वर्षीय बिरुनाथ योगी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell