PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

गाँजा लिएर भारततर्फ गइरहेका तीन भारतीय पक्राउ



राधेश्याम पटेल

गाँजा लिएर भारततर्फ गइरहेका तीन भारतीय पक्राउ

वीरगंज : पर्सा प्रहरीले नेपालबाट भारत तर्फ लागुऔषध गाँजाको तस्करी गर्ने तीन जना भारतीयलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला छपरा ग्राम महुली वडा नम्बर २ थाना तरैया बस्ने ३५ वर्षीय दिनेश सहनी, सोही स्थानका २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी रहेका छन्।

शुक्रवार चितवनबाट बसमा वीरगंज हुँदै सीमावर्ती भारतीय बजार रक्सौलतर्फ पैदल गइरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरुको शरीरबाट ६ किलो लागुऔषध गाँजा भेटिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

प्रहरी चौकी ईनार्वाको टोलीले उनीहरुलाई वीरगंज १६ शंकराचार्य गेट नजिकबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell