PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वर्तमान सरकारको नेतृत्वको विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल



रासस

वर्तमान सरकारको नेतृत्वको विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल (बायाँ) शुक्रवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै। फोटो : रासस।

विराटनगर : उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारको नेतृत्वको विकल्प नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रवार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान प्रधानमन्त्री विधिसम्वत ढंगले नियुक्ति भएका र पार्टीभित्र अर्को प्रधानमन्त्रीका सम्बन्धमा खोजी चर्चा नभएको प्रष्ट पारे।

रक्षामन्त्रीसमेत रहेका उनले वर्तमान सरकार आफ्नो हैसियतमा रहेकाले सार्वजनिक भएका समाचारप्रति अलमल र चिन्ता नलिन कार्यकर्तालाई आह्वान गरे। पार्टी सचिवालयले उपाध्यक्षलाई राष्ट्रिय सभामा मनोनितको सिफारिश गर्ने निर्णय प्रक्रियाबाट भएको उनले बताए। यो निर्णय कार्यान्वयन हुनका लागि भएको तर यसको विधि र प्रक्रिया रहेकाले त्यसका विरुद्ध प्रधानमन्त्रीले केही नबाल्ने जानकारी दिए।

उनले एक व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि मात्र संविधान संशोधन नगरी अभ्यास, अनुभव र औचित्यका आधारमा हुने बताए। उनले मुलुकमा अस्थिरता उत्पन्न गर्न भइरहेका विभिन्न षड्यन्त्रलाई परास्त गरिने जिकिर गर्दै पार्टीभित्र विवाद सिर्जना गर्ने कार्य भइरहेको उल्लेख गरे। स्वेतपत्र कसैलाई वद्नितपूर्णबाट होच्याउने आधारमा नभएकाले सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरेको र यसमा भएका केही मिति सच्याइने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell