PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

खप्तड गोल्ड कपको सेमिफाइनल समीकरण पूरा : हिमालयन शेर्पा पनि अन्तिम चारमा



एम बम

खप्तड गोल्ड कपको सेमिफाइनल समीकरण पूरा : हिमालयन शेर्पा पनि अन्तिम चारमा

कैलाली : धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनल समीकरण पूरा भएको छ। धनगढी रंगशालामा शुक्रवार भएको चौँथो क्वाटरफाइनल खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। चौँथो क्वाटरफाइनलमा जित हात पार्दै हिमालयन शेर्पा क्लब अन्तिम चारमा पुगेको छ।

प्रतियोगितामा हिमालयन शेर्पासँगै आयोजक सुदूरपश्चिम–११, एपिएफ क्लब, थ्री स्टार क्लब पनि अन्तिम चारमा पुगेका छन्। पहिलो चरणमा बाई पाएर क्वाटरफाइनल पुगेको हिमालयन शेर्पाले गोर्खा ब्वाईज रुपन्देहीलाई टाईब्रेकरमा ५–४ ले पराजित गरेको हो। निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकरबाट निर्णय लिइयो।

टाइब्रेकरमा शेर्पाका गोलरक्षक टेकेन्द्र थापा नायक बने। उनले गोर्खा ब्वाइजका सुजित बुढाथोकीको प्रहार बचाए। गोर्खा ब्वाइजका हरि कठायत, अनिष तामाङ, रुप बहादुर लामा र उत्तम गुरुङले गोल गरे। शेर्पाका उर्लिच सिवाई, आशिष गुरुङ, दिवस उराउ, भिसन गुरुङ र विकास राईले गोल गर।

खेलको म्यान अफ द म्याच शेर्पाका टेकेन्द्र थापा भए। उनले नगद १० हजारसहित ट्रफी पाए।

शनिवार प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम ११ र विभागीय टिम नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै आइतवार दोस्रो सेमिफाइनलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell