PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

नेपाली क्रिकेट टिमले आज मलेसियासँग खेल्दै, अपेक्षा सुखद सुरुवातको



पहिलोपोस्ट

नेपाली क्रिकेट टिमले आज मलेसियासँग खेल्दै, अपेक्षा सुखद सुरुवातको

काठमाडौं : एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेट अन्तर्गत नेपाली क्रिकेट टिमले आज मलेसियाको सामना गर्दैछ। आज दिउँसो १२: १५ मा शुरु हुने खेलमा नेपालले पहिलो प्रतिद्वन्दीको रुपमा मलेसियाको सामना गर्न लागेको हो।

केही हप्ता अघि एकदिवसिय फर्म्याटमा ओमन र अमेरिकासँग खेलेको नेपाली टिममा यसपाली टी-२० का लागि युवा खेलाडी बाहुल्यता छ।

‘टी-२० मा प्रतिद्वन्दीलाई कमजोर आक्न मिल्दैन। जे पनि हुन सक्छ। ओमनकै उदाहरण दिने हो भने पनि टी-२० मा कुनै पनि कुरालाई कमजोर आँक्न नहुने देखिन्छ। हाम्रो ब्यालेन्स राम्रो छ। त्यही अनुसार प्रदर्शन गर्छौं भन्ने छ’ नेपाली खेलाडीहरुको विदाइ कार्यक्रममा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले भनेका थिए।

प्रतियोगितामा नेपाल, थाइल्यान्ड, मलेसिया, हङकङ र सिंगापुरको सहभागिता रहने छ। यसअघि चीन, थाइल्यान्ड, भुटान, म्यानमार, मलेसिया, हङकङ, सिंगापुर र नेपालले इस्टर्न रिजन पुरुष टी-२० खेल्ने तालिका रहे पनि अन्तिम समयमा चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने बताएका थिए। यी देशहरुले सहभागिता नजनाउनुको कारण कोरोना भाइरसको प्रकोप भएको बताइएको छ।

नेपालले अरु खेल मार्च १ मा हङकङ, मार्च ४ मा थाइल्यान्ड र मार्च ६ मा सिंगापुरसँग खेल्ने छ। प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।

नेपाल र मलेसियाका पछिल्ला खेल

नेपाल र मलेसियाका पछिल्ला खेलहरुलाई हेर्दा नेपाल बलियो स्थितिमा देखिन्छ। नेपाल र मलेसियाबीचका पछिल्ला तीन टी २० खेलमा नेपालले सबै खेल जितेको छ। पछिल्लो समय नेपाल र मलेसिया २०१९ को जुलाईमा आमनेसामने भएका थिए। यी टिम अहिलेसम्म ७ पटक टी २० मा आमनेसामने भएका छन् जसमा ६ पटक नेपालले जित निकालेको छ।  

ओपनिङमा को?

नेपाली टिममा जहिले पनि चर्चामा रहने विषय हो ओपनिङ। नेपालको ओपनिङमा धेरै जनालाई ल्याइए पनि जम्न संघर्ष गरिरहेको देखिन्छ। थाइल्यान्ड टुरका क्रममा ओपनिङका लागि कप्तान मल्लले ओपनिङमा तीन जना खेलाडीमध्ये बाट आउने बताए।

‘ओपनिङको कुरा गर्दा टप ३ मा पारस, म र कुशल नै हौं । अब कसले कहाँ खेल्ने त्यहाँ पुगेर टुंगो लाग्नेछ।’ उनले विदाइ कार्यक्रममा भनेका थिए।

प्रतियोगिताका लागि भुवन कार्कीले राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। त्यस्तै उक्त प्रतियोगिताका लागि किशोर महतो पहिलो पटक राष्ट्रिय टिममा परेका छन्।

टोलीमा अनुभवी खेलाडीहरु शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामीलगायतका खेलाडीहरु समावेश छैनन्। प्रशिक्षकबाट उमेश पटवालको राजीनामा पछि नेपाली टिमको प्रशिक्षकमा जगत टमाटा छन्।

नेपाली टिम :

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान),पारस खड्का, बिनोद भण्डारी, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, अभिनास बोहरा, करण केसी, कुशल मल्ल, सुशन भारी, पवन सरार्फ, सुन्दीप जोरा, किशोर महतो, भुवन कार्की



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell