
भारतको राजधानी नयाँ दिल्लीमा जारी हिंसात्मक आन्दोलनलाई लिएर नरेन्द्र मोदी सरकारको चौतर्फी आलोचना भइरहेका बेला बलिउडका चर्चित कलाकार परेश रावल भने बचाउमा उत्रिएका छन्। मोदीको केन्द्र सरकारकै संरक्षणमा दिल्लीमा हिंसा गराइएको आरोप लागिरहेका बेला परेश भने बचाउमा सामाजिक सन्जालमै बाझाबाझमा उत्रिएका हुन्।
ट्वीटरमा परेशको वार ओलम्पियन खेलाडी बक्सर विजेन्द्र कुमारसँग परेको छ। विजेन्द्रले दिल्ली हिंसालाई लिएर मोदी सरकारको आलोचना गर्दै पुरै देशलाई गुजरात बनाउन लागेको टिप्पणी गरेका थिए।
उनले दिल्लीको हिंसालाई गुजरातको दंगासँग तुलना गर्दै ट्वीटरमा लेखेका थिए, 'पूरै देशलाई गुजरात बनाइदिने छन्, अझै समय बाँकी छ।' यसमा परेशले ट्वीटरमै तीखो जवाफ दिएका छन्, 'जनाब तपाईले बक्सिंग र बकवासको फरक बुझ्नुपर्ने हो।'
परेशको यो जवाफलाई एक ट्वीटर प्रयोगकर्ता उज्मा राज्भीले 'बक्सिंग त्यो हो जो विजेन्दरले गर्छन, बकवास त्यो हो जो परेश रावल गर्छन' भनेर टिप्पणी गरेका छन्। जसलाई परेश स्वयंले शेयर गरेका छन्।
यता परेशको तिखो टिप्पणीको जवाफ दिँदै विजेन्द्रले लेखेका छन्, 'बक्सिंग त आउँछ है सर, बकवास आजभोलि दुई जनाबाट सिकिरहेको छु।'
त्यसो त परेश सत्तारुढ बीजेपीको सांसद पनि हुन्। ओलम्पियन विजेन्द्र भारतीय कांग्रेसका नेता हुन्।
यसअघि सुपरस्टार रजनीकान्तले मोदी सरकारको आलोचना गरेका थिए। रजनीकान्तको आलोचनालाई परेशले 'भुक्ने कुकुर'सँग तुलना गरेका थिए।
जनाब आपको बोकसिंग और बकवास का फ़र्क़ समझ लेना चाहिये ! https://t.co/jh9SkSQMTN
— Paresh Rawal (@SirPareshRawal) February 28, 2020
बॉक्सिंग तों आती है sir बकवास आजकल 2 लोगो से सिख रहा हूँ #Respect https://t.co/v5D6vhLkIT
— Vijender Singh (@boxervijender) February 28, 2020