
काठमाडौं : अभिनेता अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा ठगीको उजुरी परेको छ। फिल्म निर्माता जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले उनीविरुद्ध पाँच लाख ठगी गरेको उजुरी दिएका हुन्। फिल्म 'धुपौरे' गर्ने सहमतीमा अनमोलले पाँच लाख रुपैयाँ एड्भान्स रकम लिएको उनीहरुको दाबी छ।
'ए मेरो हजुर'को चौथो संस्करण बन्ने घोषणा लगत्तै उनले धुपौरेमा काम नगर्ने बताएका थिए। फिल्म नगर्ने भएपनि एड्भान्स रकम फिर्ता नगरेको भन्दै शुक्रवार निर्माण पक्ष प्रहरी कहाँ पुगेको हो। धुपौरे निर्माण घोषणासहित अन्य कलाकारका लागि तीन दिन लामो अडिसन समेत भएको थियो। फिल्मलाई साम्तेन भुटियाले निर्देशन गर्दै थिए।
प्रहरीले दुई पक्षलाई बोलाएर छलफल गर्न खोजेपनि अनमोल प्रहरी कार्यालय नपुगेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। 'उजुरीकर्ता आउनु भएको थियो। दुवै पक्षलाई राखेर कुरा गर्नुपर्ने तर अनमोल उपस्थित भएनन्', बोगटीले भने।
प्रहरीले निर्माता संघ मार्फत् समेत दुई पक्षबीच सहमति गराउने कोशिश गरेको बताइएको छ।
अनमोल भने गत शुक्रबारदेखि 'ए मेरो हजुर ४'को छायांकनमा व्यस्त छन्।