PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भीम रावललाई विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा रोक, ‘कसको निर्देशनमा मलाई त्यहाँ पस्न दिइएन?’



एम बम

भीम रावललाई विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा रोक, ‘कसको निर्देशनमा मलाई त्यहाँ पस्न दिइएन?’

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावललाई धनगढी विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा रोक लगाइएको छ। आफूलाई विशिष्ट कक्ष प्रयोग गर्न नदिइएको भन्दै रावलले आक्रोश पोखेका छन्। 

शनिवार बिहान काठमाडौंबाट धनगढी आइपुगेका रावलले प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी विशिष्ट कक्ष प्रयोग गर्न नपाएपछि ट्रली हिड्ने बाटोबाट बाहिरिनु परेको गुनासो गरे। त्यस विषयमा सुरक्षा निकायको कुनै दोष नभएको भन्दै उनले कसको निर्देशनमा त्यहाँ जान नदिइएको हो भन्ने विषयमा आफूलाई उत्सुकता जागेको बताए। अन्य व्यक्तिलाई प्रवेश दिए पनि आफूलाई सुरक्षाको कारण देखाउँदै जान नदिएको उनले बताए।

आज विहान ९:१२ बजे रावल श्री यएरलाइन्सको विमानबाट धनगढी ओर्लीएका थिए। सोही विमानमा काठमाडौं फर्किने कार्यतालिका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी ९:३० मा विमानस्थन पुगेकी थिइन्।

एमसिसीका विषयमा रावलले पार्टीको निर्णय अनुसार नै कार्यदल गठन भएको भन्दै उक्त कायर्यदलको प्रतिवेदनकै आरधारमा पार्टीले निर्णय गर्ने विश्वास व्यक्त गरे।

रावल सोमवारबाट शुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको तयारीका लागि धनगढी आएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell