
काठमाडौं : सिंगापुर क्रिकेट टिमका महत्वपूर्ण सदस्य टिम डेभिडले एभरेस्ट प्रिमियर लिग खेल्ने भएका छन्। अघिल्लो वर्ष नेपालविरुद्द उत्कृष्ट अर्धशतकीय पारि खेल्दै सिंगापुरलाई जित दिलाएका डेभिडले इपिएलमा चितवन टाइगर्सबाट खेल्नेछन्।
२३ वर्षीय डेभिडले प्रतिस्ठित अस्ट्रेलियन बिग ब्यास लिगमा पनि सहभागिता जनाउँदै आएका छन्।
'चितवन टाइगर्सबाट इपिएल खेल्न एकदमै उत्साहीत छु। त्यसमा पनि त्यहाँको 'प्यासनेट फ्यानवेस' का सामु खेल्नका लागि उत्साहीत छु,' उनले भनेका छन्।
चितवन टाइगर्सकी ओनर बिनिता चौधरी भट्टराईले डेभिटको क्रिकेट स्कुलिङ राम्रो रहेकोले टिमका लागि मनोबल उच्च रहने बताइन्।
'डेभिडको रेकर्ड आँफै उनको बारेमा बोल्छ। उनलाई टिममा ल्याउन हामी उत्साहीत छौं,' उनले भनेकी छन्।
त्यस्तै चितवन टाइगर्सले साउथ अफ्रिकन अलराउन्डर जेम्स फुलरलाई पनि भित्र्याउने भएको छ। न्युजिल्यान्डमा जन्मिएका उनले इङल्यान्ड लायन्सबाट धेरै खेलहरु खेलेका छन्। दायाँ हाते ब्याट्सम्यान उनी बलिङमा दायाँ हाते मिडियम फास्ट बलिङ गर्छन्।