PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

स्वयम्भुमा दिदिभाइलाई ठक्कर दिएर फरार माइक्रोबसका चालक र माइक्रोबस धनी एक सातापछि समातिए



पहिलोपोस्ट

स्वयम्भुमा दिदिभाइलाई ठक्कर दिएर फरार माइक्रोबसका चालक र माइक्रोबस धनी  एक सातापछि समातिए

काठमाडौः एक साताअघि स्वयम्भुमा दिदिभाइलाई ठक्कर दिएर फरार माइक्रोबसका चालक र मालिक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एक सातापछि फरार चालक र गाडी धनीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले गाडी चालक दोलखा घर भएका रामहरी खड्का र गाडी धनी हेटौंडाका पुष्प लामिछानेलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। 

फागुन ११ गते बिहान ४ बजेर ४० मिनेटमा काठमाडौंबाट काँकरभिट्टा जाँदै गरेको बा ४ ख २३०३ नम्वरको माइक्रोबसले ठक्कर दिएर फरार भएको थियो। माइक्रोबसको नम्बरसमेत खुल्न सकेको थिएन। 'ठक्कर दिएर घाइते बनाएर फरार थियो। सिसि क्यामरासमेत थिएन। धेरै कोणबाट अनुसन्धान गरेर नियन्त्रणामा लिन सफल भएका हौं' डिएसपी बोगटीले भने।

माइक्रोबसको ठक्करबाट गोरखा घर भएकी ४० वर्षीय छिरिङ ठिकी लामा र उनका भाइ तेन्जिङ लामा गम्भीर घाइते भएका थिए। दुबै जनाको अवस्था गम्भीर रहेको डिएसपी बोगटीले जानकारी दिए। छिरिङ केही दिनअघि मात्र गोरखाबाट किड्नीको समस्याले उपचार गराई रहेका अर्का भाइलाई उपचार गर्ने काठमाडौं आएकी थिइन्। 


अहिले घरका तीनै जना अस्पतालमा उपचारत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell