
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न विभागका प्रमुख मनोनयन गरेका छन्। सभापति देउवाले कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिका १३ केन्द्रीय विभागहरुको प्रमुख मनोनयन गरेका हुन्।
त्यस्तै देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र ध्रुव वाग्ले (तनहुँ)लाई मनोनयन गरेका छन्।
देउवाले मनोनयन गरेका विभाग प्रमुखहरु :
१. गोपालमान श्रेष्ठ - संगठन विभाग
२. रमेश रिजाल - संघीय मामिला तथा प्रदेश समन्वय विभाग
३. फरमूल्लाह मन्सुर - मुस्लिम विभाग
४. अर्जुनप्रसाद जोशी - स्थानीय तह समन्वय विभाग
५. आनन्दप्रसाद ढुंगाना - वित्तिय तथा सहकारी संस्था समन्वय विभाग
६. अजयकुमार चौरसिया - तराई–मधेश समन्वय विभाग
७. महेन्द्र यादव - यातायात व्यवसायी समन्वय विभाग
८. शंकर भण्डारी - तरुण विभाग
९. सीता गुरुङ - आदिवासी जनजाति विभाग
१०. गोविन्द भट्टराई - नेपाली जनसम्पर्क समिति समन्वय विभाग
११. चिनकाजी श्रेष्ठ - उद्योग व्यापार विभाग
१२. विश्वप्रकाश शर्मा (प्रवक्ता) - सूचना, संचार तथा प्रचार विभाग
१३. शिवप्रसाद हुमागाँइ - श्रमिक तथा ट्रेड युनियन विभाग