PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

सरकारले व्यावसायिक किसानहरुको प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने



पहिलोपोस्ट

काठमाडौं : सरकारले व्यावसायिक किसानहरुको प्रोत्साहनका लागि अघि सारेका कार्यक्रमहरुलाई निरन्तरता दिएको जनाएको छ। शनिवार राजधानीमा भएको पशुपंक्षी पालक व्यावसायिक कृषि क्षेत्रमा रहेका अवसर र चुनौती विषयक अन्तर्क्रियामा पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा चन्द्र ढकालले पशु बिमामा अनुदान लगायतका कार्यक्रमहरुमा निरन्तरता दिएको बताएका हुन्।

अहिलेसम्म सरकारले १ अर्ब रुपैयाँ बिमा अनुदानका लागि भूक्तानी गरिसकेको छ। २५ अर्ब बराबरको बिमा भएकोमा २२ अर्ब बराबरको बिमा पशुपक्षीको मात्रै भएको उनले बताए। सरकारले पशुको क्षति न्यूनीकरणका लागि पशु बिमा अनुदानको रुपमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ। व्यावसायिक किसानहरुलाई कुनै पनि प्रकारको गाडी खरिदमा भन्सार छुट दिएको छ। १ सय भन्दा बढी गाईंभैसी पालिरहेका किसानहरुले यो अनुदान पाउने उनले बताए।

पशु सेवा विभागका महानिर्देशक डा बंशी शर्माले सरकारले बाहिरबाट आउने पशुपक्षीलाई क्वारेन्टाइन चेकजाँचमा कडाइ गरिएको बताए। क्वारेन्टाइन पास भएका पशुपक्षीमात्रै भित्र्याउने गरी सरकारले कदम चालेपछि अहिले बाख्रापालन गर्ने किसानहरु बढेका छन्। बाहिरबाट आउने पशुहरुसँगै कुनै पनि प्रकारको रोग नआओस भन्नेतर्फ सरकार सजग रहेको उनले बताए।

कृषि तथा पशुपालन क्षेत्रका व्यावसायिक किसानहरु पहिलो पटक संगठित भएका हुन्। नव निलहरी मिश्रीत कृषि समूह मध्यपुर र चम्पादेवी कृषि समूह मनोहराले व्यावसायिक किसानहरुलाई संगठित गरेको हो। शनिवार पशुपक्षी पालक व्यावसायिक कृषि क्षेत्रमा रहेका अवसर र चुनौती विषयक अन्तर्क्रियामा सहभागी किसानहरुले आफ्नो समस्याहरु सुनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell