PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

४४ खेलपछि रोकियो लिभरपुलको अपराजित यात्रा



पहिलोपोस्ट

४४ खेलपछि रोकियो लिभरपुलको अपराजित यात्रा

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुल वार्टफोर्डसँग पराजित भएको छ। ४४ खेल यता अपराजित रहेको लिभरपुलले गएरातिको खेलमा घरेलु टोली वार्टफोर्डसँग ३-० को पराजय भोगेको हो। जारी सिजन लिभरपुलको यो पहिलो हार हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो। खेलको ५४ औं मिनेटमा इस्माइला सारले गोल गोल गर्दै वार्टफोर्डलाई अग्रता दिलाए। त्य,सको ६ मिनेट भित्र सारले नै अर्को गोल थपे। र, ७२ औं मिनेटमा टोरी डिनेले गोल गर्दा वार्टफोर्डले ३-० को जित सुनिश्चित गर्‍यो।

लिभरपुलले यसअघि पनि वेस्ट ह्यामसँगको खेलमा पुनरागमन जित निकालेको थियो।

‘उनीहरुले जे चाहेका थिए त्यो गरे, जुन हामीले गर्न सकेनौं। फुटबल यसरीनै चल्छ,’ लिभरपुलका म्यानेजर क्लोपले पराजय पछि भनेका छन्।

यसअघि सन् २०१९ को जनवरीमा म्यानचेस्टर सिटीसँग पछिल्लो समय लिभरपुल पराजित भएको थियो।

जारी सिजन २८ खेल खेलेको लिभरपुल २६ जित, १ बराबरी र १ हारसहित ७९ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell