PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

पहिलो जितको खोजीमा नेपाली क्रिकेट टिमले आज हङकङसँग खेल्दै



पहिलोपोस्ट

पहिलो जितको खोजीमा नेपाली क्रिकेट टिमले आज हङकङसँग खेल्दै

काठमाडौं : थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा नेपालले आज हङकङको सामना गर्दैछ। पहिलो खेलमै मलेसियासँग पराजय भोगेर खराब सुरुवात गरेको नेपालले आज हङकङसँग पहिलो जितको खोजिमा हुनेछ।

हङकङले भने जारी प्रतियोगितामा आज पहिलो खेल खेल्ने छ। शनिबार भएको खेलमा सिंगापुर र मलेसियाले जित निकालेका थिए।

हङकङ र नेपाल परिचित प्रतिद्वन्दी हुन्। नेपाल र हङकङबीचका पछिल्ला ५ खेलहरुमा १ खेल नेपालले जित्दा २ खेल हङकङले जितेको थियो। त्यसअघिका २ खेल रद्द भएका थिए।

नेपाल र हङकङ पछिल्लो समय ओमनमा पाँचदेश सम्मिलित टी २० सिरिजमा खेलेका थिए जसमा नेपालले हङकङमाथि ४ विकेटको जित निकालेको थियो।

खेल आज बिहान ८: १५ मा थाइल्यान्डको बेङ्ककमा शुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell