PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

हङकङले नेपाललाई दियो १ सय ५५ रनको लक्ष्य



पहिलोपोस्ट

हङकङले नेपाललाई दियो १ सय ५५ रनको लक्ष्य

थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेट अन्तर्गत आज भइरहेको खेलमा हङकङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो।

हङकङका लागि निजाकत खान मोहम्मदले सर्वाधिक ४८ रन बनाउँदा महोम्मद ऐजाज खानले २९ रन बनाए। त्यस्तै मोहम्मद अस्रदले २७ रन बनाउँदा साहिद वासिफले २६ रन बनाए।

नेपालका लागि शुसन भारी र सन्दीप लामिछानेले समान २/२ विकेट लिँदा कुशल मल्लले १ विकेट लिए।

नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell