PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कोटेश्वरमा एक निजी घरमा आगलागी



पहिलोपोस्ट

कोटेश्वरमा एक निजी घरमा आगलागी
फाइल फोटो

काठमाडौँः कोटेश्वरको एक घरमा आगलागी भएको छ। आइतबार बिहान काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरस्थित सुरेश श्रेष्ठको घरमा आगलागी भएको हो।

साढे चार तले घरको तेस्रो र चौथो तल्लामा आगलागी भएको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए।

नेपाल प्रहरी,  जुद्ध वारुण यन्त्रका दुई दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ। आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell