PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

हलिउडमा काम गर्न दीपिकाको शर्त



पहिलोपोस्ट

हलिउडमा काम गर्न दीपिकाको शर्त

बलिउड अभिनेत्री दीपिका पादुकोणले हलिउडमा काम गर्न शर्त अघि सारेकी छिन्। कलाकारहरु हलिउडमा काम गर्न मरिहत्ते गर्ने परिस्थितिमा दीपिकाले भने सुहाउँदो र शक्तिशाली भूमिका पाए मात्रै हलिउडमा काम गर्ने बताएकी हुन्। राम्रो कथा र प्रभावशाली भूमिका पाए हलिउडमा काम गर्न सकिने उनको भनाई छ। उनले हलिउड जानकै लागि तछाडमछाड नगर्ने स्पष्ट पारिन।

हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै दीपिकाले भारतीय वा हलिउड जुन बजार भए पनि आफ्नो लागि उपयुक्त हुने भूमिका र कथा भए काम गर्न सकिने बताइन्। भारतीय वा अन्तर्राष्ट्रिय जुनसुकै फिल्म कला प्रस्तुत गर्ने माध्यम भएको बताउँदै दीपिकाले भनिन्, 'हलिउड मात्र होइन अन्य देशका फिल्ममा पनि काम गर्ने अवसर पाए भने त्यो मेरो लागि गर्वको कुरा हो।'

दीपिकाले विन डिजलसँग सन् २०१७ मा 'एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज'मा काम गरेकी थिइन्। अब हलिउडमा काम गर्ने प्रश्नमा दीपिकाले भनिन्, 'मैले जेन्डर केजमा प्रभावशाली भूमिका पाएकाले काम गरेकी थिए। सबै कुरा फिल्मको चरित्र र भूमिकामा निर्भर हुन्छ। म हरेक समय हलिउड फिल्ममै काम गर्नुपर्छ भन्ने माग राख्दिन्। चाहे भारत होस वा संसारको कुनै पनि कुना, म मात्र राम्रो सामग्री (कथा)को खोजीमा रहन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell