PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

शिक्षाका लागि संगीत : काठमाडौंमा डेढ वर्षपछि गुञ्जियो नेपथ्य

शिक्षाका लागि संगीत : काठमाडौंमा डेढ वर्षपछि गुञ्जियो नेपथ्य

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं‌ : शनिबार काठमाडौंको भृकुटीमण्डपमा लोक रक ब्यान्ड नेपथ्य प्रत्यक्ष गुञ्जियो। ‘शिक्षाको लागि संगीत’ नाम दिइएको कार्यक्रमलाई 'हेल्प नेपाल नेट्वर्क'ले आयोजना गरेको हो। विद्यालय पुनर्निमाणका लागि आयोजित कार्यक्रममार्फत् करिव डेढ वर्षपछि काठमाडौंमा नेपथ्यको कार्यक्रम भएको हो।

यसअघि २०७५ को भदौमा स्वयम्भूमा ब्यान्ड प्रस्तुत भएको थियो।

कार्यक्रमको टिकट खरिदबाट जम्मा भएको सम्पूर्ण रकम दोलखाको भिमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माणमा गरिनेछ।

दुई घण्टा लामो कार्यक्रममा ब्यान्डले आफ्नो नयाँ पूरानो गरी दर्जनभन्‍दा बढी गीत गाए। कार्यक्रममा गायक अमृतले भने,'सामाजिक सेवाका काममा सबैजना मिलेर सकृय रहनु पर्छ। त्यस्तै परोपकारी कार्यका लागि पहल गरेकोमा यो कार्यक्रम आयोजकलाई धन्यवाद।'

कार्यक्रममा पुनर्निर्माण गरिने विद्यालय सम्बन्धी भिडियो सामाग्री पनि देखाइएको थियो।  मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

हेर्नसु् कन्सर्टको रौनक: 



ट्रेन्डिङ पोस्ट

Ncell