PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

बेलायतका प्रधानमन्त्री जोन्सनले गर्भवती 'गर्लफ्रेण्ड'सँग गरे इन्गेजमेन्ट



पहिलोपोस्ट

बेलायतका प्रधानमन्त्री जोन्सनले गर्भवती 'गर्लफ्रेण्ड'सँग गरे इन्गेजमेन्ट
फोटो : AP

काठमाडौं : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले प्रेमिका करी साइमण्डससँग इन्गेजमेन्ट गरेको जानकारी दिएका छन्। शनिबार साझ दुबैले इन्गेजमेन्टको घोषणा गर्दै आफूहरु यसै वर्ष मातापिता बन्न लागेको जानकारी दिएका छन्। ३१ वर्षीया साइमण्डस गर्भवती छिन्।

जोन्सन र साइमण्डसले इंस्टाग्राममार्फत आफ्नो इन्गेजमेन्टको सूचना दिएका हुन्। साइमण्डसले इन्गेजमेन्ट गरेको र यसै वर्षको वर्खायाममा आफूहरुको बच्चाको जन्म हुने जानकारी दिँदै शुभेच्छुक सबैलाई धन्यवाद दिएकी छिन्। जोन्सनको सफल राजनीतिक करियरमा साइमण्डसको ठूलो योगदान रहेको बताइन्छ।

५५ वर्षीय जोन्सनले पनि आफूहरुले छिट्टै विहे गर्ने योजना समेत सुनाएका छन्। जोन्सनको यो तेस्रो विहे हुनेछ। यससँगै जोन्सन बेलायतमा आफ्नो कार्यकालमा सम्बन्ध विच्छेद तथा विहे गर्ने पहिलो प्रधानमन्त्री बन्ने बीबीसीले जनाएको छ।

जोन्सनकी दोस्रो पत्नी भारतीय मूलकी मारिना व्हीलर थिइन्। मारिनाबाट ४ सन्तान छन्। उनसँग सम्बन्ध विच्छेद अन्तिम चरणमा छ। जोन्सनले पहिलो विहे सन् १९८७ मा अलेग्रा मोस्टिन ओवेनसँग गरेका थिए। १९९३ मा सम्बन्ध विच्छेद गर्दै यहीँ वर्ष मारिनासँग विहे गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell