PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

नेपालको लगातार दोस्रो हार, हङकङसँग नेपाल पराजित



पहिलोपोस्ट

नेपालको लगातार दोस्रो हार, हङकङसँग नेपाल पराजित

थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। आज भएको खेलमा हङकङसँग ४३ रनले पराजय भोगेसँगै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो।

बेङ्ककस्थित टेर्डथाइ स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो।

१ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवाती ब्याटिङ राम्रै भए पनि पछि सम्हालिन नसक्दा पराजय भोग्न पुग्यो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाउँदा कुसल मल्लले १९ रन बनाए। त्यसबाहेक अभिनास बोहोराले १२ रन र आरिफ शेखले १० रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

त्यसअघि हङकङका लागि निजाकत खान मोहम्मदले सर्वाधिक ४८ रन बनाउँदा महोम्मद ऐजाज खानले २९ रन बनाए। त्यस्तै मोहम्मद अस्रदले २७ रन बनाउँदा साहिद वासिफले २६ रन बनाए।

नेपालका लागि शुसन भारी र सन्दीप लामिछानेले समान २/२ विकेट लिँदा कुशल मल्लले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell