PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

विहानै शौच गर्न निस्केका यादवमाथि गोली प्रहार



रासस

विहानै शौच गर्न निस्केका यादवमाथि गोली प्रहार

जलेश्वर : महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादवमाथि अज्ञात व्यक्तिले आज विहान गोली हान्दा गम्भीर घाइते भएका छन्। उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। उनका अनुसार छातीमुनि गोली लागेका यादव अहिले खतरामुक्त छन्।

विहान घर बाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको प्रहरी टोलीले घटनास्थल पुगी चाइनिज पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell