PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

प्रियंकालाई केकीको पत्र, भनिन् : तिमी हरेक महिलाको लागि प्रेरणा अनि उदाहरण बनिसकेकी छौ



पहिलोपोस्ट

प्रियंकालाई केकीको पत्र, भनिन् : तिमी हरेक महिलाको लागि प्रेरणा अनि उदाहरण बनिसकेकी छौ

काठमाडौं : अभिनेत्री केकी अधिकारीले हालै विवाह बन्धनमा बाँधिएकी प्रियंका कार्कीलाई पत्र लेखेकी छन्।

केकीले फेसबुकमा पत्र लेख्दै प्रियंका हरेक महिलाको लागि प्रेरणा र उदाहरण बनेको बताएकी छिन्।

केकी लेख्छिन्, ‘तिमी प्रियंका बन्न चाहने अनि बन्न नचाहने हरेक महिलाको लागि एक प्रेरणा अनि उदाहरण बनिसकेकी छौ। तिमीले सबै नारीलाई आँट दिएकी छौ, निडर हुन आफ्नो ढंगले जीवन जिउन, आजको लागि बाँच्न, खुलेर हाँस्न, अनि नअघाउने गरी माया गर्न सिकाएकी छौ।’

साथै केकीले प्रियंकाको नामको शाब्दिक अर्थको व्याख्या गर्दै संस्कृतबाट लिइएको ‘प्रियंकारा’को अर्थ मिलनसार, रमाइलो, सबैलाई आफ्नो बनाउन सक्ने, खुशी बनाउन सक्ने, मायालु स्वभाव भएको उल्लेख गरेकी छिन्।

त्यसो त प्रियंका अभिनेता आयुष्मान देशराज जोशीसँग विवाह बन्धनमा बाँधिएकी छिन्। फागुन १५ गते कानुनी विवाह गरेका उनीहरुले १६ गते परम्परागत रुपमा विवाह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell