
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गर्ने पक्राउ परेका छन्।
आइतवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरिएको थियो।
अध्यक्ष प्रचण्डलाई जुत्ता प्रहार गर्ने नियन्त्रणमा छ, थप अनुसन्धान गर्दैछौ : प्रहरी https://pahilopost.com/content/20200301162522.html
Posted by PahiloPost on Sunday, March 1, 2020
प्रहार गर्ने वितिकै हलमा रहेका सुरक्षाकर्मीले ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएका हुन्। 'हामीले पक्राउ गरिसकेका छौं। थप अनुसन्धान भइरहेको छ।' महानगरिय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
प्रचण्डले आफ्नो अभिव्यक्ति सकिनसाथ उनीमाथि लक्षित जुत्ता प्रहार गरिएको थियो। यद्यपि उनीमाथि जुत्ता भने लागेन। जुत्ता प्रहार गर्नेको नाम भने खुलिसकेको छैन।