PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

थ्री स्टार खप्तड गोल्ड कपको फाइनलमा, उपाधिका लागि आयोजकसँग भिड्ने



एम बम

थ्री स्टार खप्तड गोल्ड कपको फाइनलमा, उपाधिका लागि आयोजकसँग भिड्ने

कैलाली : थ्री स्टार क्लब नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा पुगेको छ। धनगढी रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा जित हात पार्दै सहिद स्मारक ’ए’ डिभिजन लिग क्लब थ्री स्टार सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको हो।

धनगढी रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो। धनगढी रंगशालामा थ्री स्टारलाई जित दिलाउन आशिष राईले निर्णायक गोल गरे। उनले खेलको २४ औं मिनेटमा निर्णायक गोल गरे। अशोक खवासको कर्नरमा डिबक्स भित्र रहेका आशिषले सहजै गोल गरे। जुन गोल थ्री स्टारको लागि निर्णायक बन्यो। खेलको म्यान अफ दि म्याच थ्री स्टारका अनन्त तामाङ चुनिए। उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे।

अब थ्री स्टारले उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम– ११ स्पोर्टस क्लबको सामना गर्नेछ। सोमबार भएको पहिलो सेमिफाईनलमा खेलमा विभागीय टिम एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक पहिलो पटक उपाधि नजिक पुगिसकेको छ।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रगशालामा भईरहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell