PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना रोकथामबारे स्वास्थ्य मन्त्री ढकाल भन्छन् : भारत र चीनले राम्रो तयारी गरेकाले नेपालमा त्यति जोखिम नहोला



प्रकाश भण्डारी

कोरोना रोकथामबारे स्वास्थ्य मन्त्री ढकाल भन्छन् : भारत र चीनले राम्रो तयारी गरेकाले नेपालमा त्यति जोखिम नहोला

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सय दिने प्रगति विवरण सार्वजनिक गरे।

एक सय दिने विवरण सार्वजनिक गर्दै मन्त्री ढकालले सोचेअनुरुपको प्रगति भने यो अवधिमा आफूले गर्न नसकेको बताए।

मन्त्रालयमा आएसँगै  चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलँदा त्यही विषयमा केन्द्रीत हुनुपर्दा अन्य काम अगाडि बढाउन नसकेको उनको भनाई थियो।

प्रगति विवरणमा वुहानबाट १७५ नेपालीलाई उद्धार गरेदेखि महामारी फैलिएमा के गर्ने? यसबारेको कार्ययोजनासमेत तयार पारेको उल्लेख गरेका छन्।

मन्त्रालयले कोरोना संक्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा ब्यवस्थापन गरी तीन चरणको कार्य योजना तयार पारेको हो।

'सुरुमा आउनै नदिने उपाय अपनाइने छ, त्यसपछि नेपालमा के कतिलाइ छ भन्ने पहिचान गर्ने र यदि नेपालमा पनि व्यापक भएमा आपतकाल घोषणा गर्ने हो', मन्त्री ढकालले भने।

उनले अब एरपोर्टमा प्लेन चढ्दा र झर्दा निगरानी गरिने बताए।

कोरोना संक्रमित राख्न विभिन्न अस्पतालमा गरी ४३ वटा 'आइसोलेटेड बेड' तयार पारिएको मन्त्री ढकालले बताए।

मन्त्री ढकालले आफूले  कोरोनाको तयारीका लागि काम गरेको भए पनि आलोचना मात्रै भएको गुनासो गरे।

भने,'चीनबाट आएर आइसोलेसनमा राखिएकाले सरकारले राम्रो गरेको भनेर भनेपनि यता आलोचना गर्नेले पचाउन सकेनन्। उनीहरुलाइ पचाएन सिटामोल खानुपर्‍यो।'

उनले आफूले कोरोनाबारे ढुक्कले बोले अबगाल आउला भन्ने डर भएको बताए।

मन्त्री ढकालले कोरोनाबाट बच्न तयारी गरिने तर बिरामी नै बेडबाट झारेर तयारी भने नगरिने तर्क गरे।

उनले भने,'अब तयारी त गरिहरेका छौ। तर तयारी गर्ने नाममा बेडका बिरामी नै झारेर त भएन नि।'

उनले कोरोनाको रोकथामका लागि तयारी गरेको भएपनि आफूले भन्न नसकेको बताए।

भारत र चीनको तयारीले नेपालमा जोखिम कम छ

चीनबाट ल्याएर क्वारेनटाइनमा राखिएका १७५ जना भोलि(सोमवार) नै घर जाने उनले जानकारी दिए। अन्तर्राष्ट्रिय रुपमा कति ठाउँमा घोषित र कति ठाउँमा अघोषित रुपमा मान्छहरुले जान छाडेको मन्त्री ढकालले बताए।

उनले चीन र भारतले गरेको तयारीले मात्रै पनि नेपालमा जोखिम कम हुने तर्क गरे। भने,'भारतले अब आफ्ना देशका लागि भए पनि राम्रै गरिरहेको छ। अब चीन त यसैमा छ। त्यसैले पनि हाम्रोमा अलि जोखिम कम होला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell