PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

नेकपा जुम्लाले भन्यो : प्रचण्डलाई जुत्ता प्रहार गर्ने शहीद परिवारका नभई ‘विप्लव’को गतिविधिमा संलग्न व्यक्ति



पहिलोपोस्ट

नेकपा जुम्लाले भन्यो : प्रचण्डलाई जुत्ता प्रहार गर्ने शहीद परिवारका नभई ‘विप्लव’को गतिविधिमा संलग्न व्यक्ति

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गर्ने व्यक्ति ‘विप्लव’ समूहमा आवद्ध रहेको नेकपा जुम्लाले बताएको छ। नेकपा जुम्लाका अध्यक्ष वीर बहादुर कुँवरले आइतवार विज्ञप्ति जारी गर्दै प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवा शहीद परिवार तथा नेकपा समर्थक नभई ‘विप्लव’ समूहको गतिविधिमा संलग्न रहेका बताएका हुन्।

जुम्लामा पनि पटकपटक अराजनीतिक कार्यमा संलग्न रहेका तिरुवा नेपाल प्रहरीको खोजीको सूचीमा रहेका व्यक्ति भएको विज्ञप्तिमा भनिएको छ। नेकपा जुम्लाले तिरुवालाई कानुन बमोजिम कारबाही गर्न समेत माग गरेको छ। प्रचण्डमाथि जुत्ता प्रहार भएको घटनाप्रति नेकपा जुम्लाले भर्त्सना गरेको छ।

आइतवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको भरतमोहन अधिकारी प्रथम स्मृति सभामा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell