PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

‘गाँजा खेतीलाई कानुनी मान्यता दिनेगरी प्राइभेट बिल तयार, पूर्व कानुनमन्त्री तामाङले संसदमा आज दर्ता गराउँदै’



पहिलोपोस्ट

‘गाँजा खेतीलाई कानुनी मान्यता दिनेगरी प्राइभेट बिल तयार, पूर्व कानुनमन्त्री तामाङले संसदमा आज दर्ता गराउँदै’
फाइल फोटो

काठमाडौं : गाँजा खेतीलाई निश्चित मापदण्ड र सरकारी नियमनका आधारमा कानुनी मान्यता दिनेगरी विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ताको तयारी गरिएको छ। प्राइभेट बिलका रुपमा विधेयक पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले मस्यौदा गरेका हुन्। प्रतिनिधिसभा सचिवालयमा सोमबार विधेयक दर्ताको तयारी रहेको तामाङले जानकारी दिए।

गाँजा खेतीको नियमन र व्यवस्थापनसम्बन्धी विधेयक उनले तयार पारेका हुन्। 

यसअघि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सांसद विरोध खतिवडालगायतले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए। 
तामाङले तयार पारेका मस्यौदा अनुसार गाँजा खेती सरकारले तोकेको स्थान र क्षेत्रफलमा हुनेछ। यस्तै मूल्य निर्धारण सरकारले गर्नेछ। भने आन्तरिक बजारमा विक्री गर्न पाइने छैन। 

उत्पादन र नियन्त्रण पूर्णयता सरकारको हुनेगरी विधेयक तर्जुमा गरिएको छ। तोकिएको निश्चित प्रतिशत बाहेक क्षेत्रमा गाँजा खेती गर्न पाइने छैन। 

प्राइभेट बिल सांसदहरुको विशेषाधिकार मानिन्छ। यसअघि तीन वटा कानुन प्राइभेट बिलबाट बनेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell