
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन लागेका नेपाली समकक्षी केपी शर्मा ओलीलाई प्रत्यारोपण सफलताको शुभकामना दिएका छन्।
सोमबार बिहान ट्वीट गर्दै मोदीले भनेका छन्, ‘प्यारा मित्र केपी शर्मा ओलीजी, तपाईँलाई सफल शल्यक्रियाको कामना। भगवान पशुपतिनाथले तपाईँलाई सधैँ सुस्वास्थ्य र दीर्घायूको आशीर्वाद दिउन्।’
My dear friend @kpsharmaoli ji, wishing you a successful surgery and a speedy recovery. May Lord Pashupatinath bless you always with good health, happiness and a very long life. Look forward to your continued contribution to taking India-Nepal relations to new heights.
— Narendra Modi (@narendramodi) March 2, 2020
मिर्गौला प्रत्यारोपणका लागि ओली सोमबार अस्पताल भर्ना हुँदैछन्। बुधबार प्रत्यारोपणको तयारी छ। दोस्रो पटक ओलीको मिर्गौला प्रत्यारोपण हुन लागेको हो। यसअघि १३ वर्षअघि प्रत्यारोपण गरिएको थियो।