PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याल नियुक्त



पहिलोपोस्ट

न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याल नियुक्त

काठमाडौं : सरकारले न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याललाई नियुक्त गरेको छ। आइतवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई अध्यक्ष नियुक्त गरेको हो।

यसअघि समितिको अध्यक्षमा गंगाधर पराजुली थिए। उनको कार्यकाल सकिएपछि रिक्त पदमा तत्कालीन एमाले निकट प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष अर्याल नियुक्त भएका हुन्।

अर्यालले आफूलाई निर्णयको जानकारी प्राप्त भएको बताए। उनले भने, 'नियुक्त भएको जानकारी पाएको छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell