PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

प्रधानमन्त्रीको ट्विट डिप्लोमेसी, मोदीलाई भने : धन्यवाद, नेपाल भारत सम्बन्धलाई नयाँ उचाई दिनुपर्छ



पहिलोपोस्ट

प्रधानमन्त्रीको ट्विट डिप्लोमेसी, मोदीलाई भने : धन्यवाद, नेपाल भारत सम्बन्धलाई नयाँ उचाई दिनुपर्छ

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभेच्छालाई ट्विट मार्फत् रिप्लाइ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद दिएका छन्।

मेरो शल्यक्रियाको सफलता र छिटै बिसेकको कामना गर्ने प्रधानमन्त्री मोदीजीलाई धन्यवाद। हाम्रो निकटको दौत्य सम्बन्धलाई प्रकट गर्ने स्नेही शब्दहरु हुन् यी।

ओलीले ट्विट थ्रेडमा फेरि थपेका छन् - 'म नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाई दिन तपाईँसँग नजिक रहेर प्रतिवद्ध रुपमा काम गर्न तयार छु।'

 

मोदीको यस्तो थियो शुभकामना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन लागेका नेपाली समकक्षी केपी शर्मा ओलीलाई प्रत्यारोपण सफलताको शुभकामना दिएका छन्।

सोमबार बिहान ट्वीट गर्दै मोदीले भनेका छन्, ‘प्यारा मित्र केपी शर्मा ओलीजी, तपाईँलाई सफल शल्यक्रियाको कामना। भगवान पशुपतिनाथले तपाईँलाई सधैँ सुस्वास्थ्य र दीर्घायूको आशीर्वाद दिउन्।’

 

मिर्गौला प्रत्यारोपणका लागि ओली सोमबार अस्पताल भर्ना हुँदैछन्। बुधबार प्रत्यारोपणको तयारी छ। दोस्रो पटक ओलीको मिर्गौला प्रत्यारोपण हुन लागेको हो। यसअघि १३ वर्षअघि प्रत्यारोपण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell