PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

टेस्ट क्रिकेटमा भारतको लज्जास्पद हार, घरेलु मैदानमा न्युजिल्यान्डले जित्यो सिरिज



पहिलोपोस्ट

टेस्ट क्रिकेटमा भारतको लज्जास्पद हार, घरेलु मैदानमा न्युजिल्यान्डले जित्यो सिरिज
Photo : ICC

काठमाडौं : दोस्रो टेस्टमा भारतलाई ७ विकेटले पराजित गर्दै न्युजिल्यान्डले घरेलु मैदानमा टेस्ट सिरिज कब्जा गरेको छ।

सोमवार क्राइस्टचर्चको हेग्ली ओभल स्टेडियममा न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा कमजोर प्रदर्शन गरेको भारतले लज्जापद हार बेहोर्दै सिरिज गुमाएको हो। पहिलो टेस्टमा न्युजिल्यान्ड(२३५)विरुद्ध ७ रनको अग्रता लिएको भारत(२४२) दोस्रो सिरिजमा भने पहिले इनिङमा १२४ रनमा समेटियो।

पहिलो टेस्टको ७ रनसहित भारतबाट १३२ रनको सामान्य लक्ष्य पाएको न्युजिल्यान्डले तीन विकेटको क्षतिमा ३६ ओभरमै पुरा गर्‍यो र सिरिज हात पार्‍यो। यससँगै न्युजिल्यान्डको भ्रमणमा रहेको भारतीय टोली रित्तो हात फर्किएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell