PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

प्रहरी महानिरिक्षक ज्ञवालीसहित चार जना विरुद्ध अदालतमा मुद्दा दर्ता



पहिलोपोस्ट

प्रहरी महानिरिक्षक ज्ञवालीसहित चार जना विरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली सहित चार जना प्रहरी अधिकृत विरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

सोमवार सर्वोच्च अदालतमा टिप्पणी सहितको मुद्दा दर्ता भएको हो। शुक्रवार ईश्वरप्रसाद खतिवडा र डक्वरबहादुर शाहीको इजलासले महानिरीक्षक ज्ञवाली सहित चार जनालाई अदालतको आदेशमा छुटेका व्यक्तिलाई लगत्तै पक्राउ गर्ने प्रवृतिले अदालतको अवहेलना भएको भन्दै दर्ता गर्न आदेश दिएको थियो।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी, महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी कुशल बुढाथोकी र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सन्तोष सिंह राठौर विरुद्ध मुद्धा दर्ता भएको हो।

केही दिनअघि मात्र प्रहरीले पक्राउ गरेका भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई रिहा गर्न आदेश दिएको थियो। तर प्रहरीले तत्कालै उनीहरुलाई पक्राउ गरेको थियो। नेत्र विक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मालाई पटक पटक अदालतले रिहा गर्न आदेश दिए पनि पक्राउ हुँदै आएका थिए।

अब उनीहरु सातदिन भित्र लिखित जवाफ सहित अदालतमा उपस्थित हुने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell