PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

पाँच देशका नागरिकलाई अनअराइभल भिसामा रोक



पहिलोपोस्ट

पाँच देशका नागरिकलाई अनअराइभल भिसामा रोक

काठमाडौं : मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार पाँच देशका नागरिकलाई 'अनअराइभल भिषा' नदिने भएको छ।

अध्यागमन विभागले कोरोना भाइरस प्रकोपलाई लक्षित गर्दै पाँच वटा देशको अनअराईभल भिसा रोक गर्ने निर्णय गरेको हो। चीन, जापान, इरान, इटाली र दक्षिण कोरियाका नागरिलाई अनअराइभल भिसा रोक गरिएको हो। अब यी देशका नागरिकहरुले विदेशबाट नै भिसा लगाएर स्वास्थ्य परिक्षणको रिपोर्टपछि मात्र नेपाल आउन पाउने छन्।

अहिलेसम्म कोरोना भाइरसका कारण करिब ३ हजार जनाको मृत्यु भइसकेको छ भने ८८ हजार भन्दा बढी संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell