
काठमाडौः सुनचाँदीका गहना बिक्रीमा नाम चलेको लाजिम्पाटस्थित पबी ज्वेलरीमा आइतबार राति ठूलो परिमाणमा तयारी गहना र नगद चोरी भएको छ।
८५ लाख ७३ हजार बराबरका सुनचाँदीका गहना र २ लाख ४५ हजार नगद चोरी भएको ज्वेलरी सञ्चालकले बताएको प्रहरीले जनाएको छ। पसलबाट चोरी भएको गहनामा ९८.६८१ तोलाका सुन र ४ सय ३४.२६२ तोला चाँदीका छन्।
ज्वेलरी गुल्मीको रुरुक्षेत्र गाउँपालिका-६ घर भई काठमाडौं मनपा-५ हाँडीगाँउ बस्ने दिलिपकुमार श्रेष्ठको हो। मुख्य सडकसँगै रहेको ज्वेलरीमा चोरी नियोजित तवरले तयारी गरेर गरिएको हुनसक्ने प्रहरीको शंका छ।
यस्तै प्रकृतिका अन्य घटनासँग जोडेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।