PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नयाँ दिल्ली र तेलङ्गनामा पनि एक/एक जनामा भेटियो कोरोनाको संक्रमण



पहिलोपोस्ट

नयाँ दिल्ली र तेलङ्गनामा पनि एक/एक जनामा भेटियो कोरोनाको संक्रमण

भारतको नयाँ दिल्ली एक र तेलङ्गानामा एक व्यक्तिमा कोरोना भाइरस कोभिड-१९ को संक्रमण देखिएको छ। परीक्षणमा दुवैमा कोभिड- १९ पोजेटिभ देखिएको भारतीय प्रेस इन्फर्मेसन ब्युरोले जनाएको छ।

दिल्लीमा कोरोना संक्रमण देखिएका व्यक्ति इटलीबाट फर्किएका हुन्। त्यस्तै तेलङ्गनामा संक्रमित फेला परेका व्यक्ति दुवईबाट फर्किएका हुन्। यी दुवैको थप परीक्षणहरु भइरहेको छ। उनीहरुको अरु यात्रा विवरणबारे अध्ययन भइरहेको ब्युरोले जनाएको छ।

भारतमा अहिले २३ हजार भन्दा धेरै मानिसलाई कोरोना भाइरसको सम्भावित भन्दै निगरानीमा राखिएको छ। ठूलो जनसंख्या भएकाले भारतमा कोरोना नियन्त्रण गर्न कठिन हुनसक्ने भन्दै तयारी अगाडि बढाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell