PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

चीनबाट ल्याइएका सबै नेपालीमा कोरोनाको संक्रमण देखिएन, आजै घर पठाइने



पहिलोपोस्ट

चीनबाट ल्याइएका सबै नेपालीमा कोरोनाको संक्रमण देखिएन, आजै घर पठाइने

काठमाडौं : चीनको वुहानबाट उद्धार गरिएका नेपालीहरुमा कोरान भाइरसको संक्रमण नभएको देखिएको छ।

स्वास्थ्य मन्त्रालयले भक्तपुरको खरीपाटीमा रहेका उनीहरुमा संक्रमण नदेखिएको जानकारी दिएको हो।

'उहाँहरु सबैको रिजल्ट नेगेटिभ आयो। आज नै उहाँहरु घर जान सक्नुहुन्छ,' मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने।

फागुन ४ गते चीनबाट ल्याइएका १ सय ७५ जनालाई खरिपाटीमा रहेको क्वारेन्टाइनमा राखिएको छ। उनीहरुलाई १४ दिनसम्म त्यहाँ राखेर परीक्षण गरिएको थियो। उनीहरुलाई आज नै परिवारको जिम्मा लगाइने छ।

उद्धार गरी ल्याइएका १ सय ७५ जनाको चीनमा नै स्वास्थ्य परीक्षण गरी ल्याइएको थियो जसमा १ सय ३४ जना पुरुष र ४१ जना महिला छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell