PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

प्रम ओलीको किड्नीदाता समीक्षा पुगिन् त्रिवि शिक्षण अस्पताल



पहिलोपोस्ट

प्रम ओलीको किड्नीदाता समीक्षा पुगिन् त्रिवि शिक्षण अस्पताल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो किड्नी दिन लागेकी समीक्षा संग्रौला अस्पताल पुगेकी छिन्। प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुँदैछन्।

संग्रौला प्रधानमन्त्री ओलीको भान्जी पर्छिन्। झापा चारआलीकी समीक्षा आज ३:३० बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी हुन्। उनलाई दुई जनाले डोहोर्‍याएर अस्पताल लगेको त्यहाँ रहेका हाम्रा संवाददाता प्रवीण रानाभाटले जानाकारी दिए।

प्रधानमन्त्रीको दोस्रो पटक किड्नी ट्रान्सप्लान्ट गरिँदैछ। त्यसैले आज बिहानैदेखि प्रधानमन्त्रीले केही महत्वपूर्ण काम सम्पन्न गर्न हतार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell