PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिकुरीको हिउँमा अशोक सिलवालको पुस्तक ‘श्रीलंका स्मृति’ विमोचन



पहिलोपोस्ट

फिकुरीको हिउँमा अशोक सिलवालको पुस्तक ‘श्रीलंका स्मृति’ विमोचन

काठामडौं : लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ। ‘फिकुरी ट्रेल एक्सप्लोरेसन ट्रिप’मा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा पुस्तकको सामुहिक विमोचन गरेका हुन्।

३ हजार ८०० मिटर उचाइ रहेको फिकुरी डाँडाबाट लाङटाङ लिरुङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्ण मात्र नभई, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ। एक्कासी परेको भारी हिमपातका कारण पदयात्री समूह भेडीखर्कबाट फर्किएको थियो।

‘हिमालयबाट महासागर गएको एउटा अन्वेषी यात्रुको किताब हो यो’, बाक्लो हिउँमा उभिएर नेपाल पर्यटन बोर्ड (एनटिबी) सदस्य दीपक महतले भने, ‘महासागरले घेरेको एउटा टापु देशमा यात्रा गर्दाको अनुभुति समेटिएको पुस्तक भारी हिमपातबीच हिमाली एड्भेन्चरका प्रोफेसनलहरुबाट सामुहिक रुपमा विमोचित हुनु पुस्तक विमोचनकै इतिहासमा विशेष हो।’

कृतिमाथि शुभकामना टिप्पणी गर्दै यात्रा आयोजक रसुवा-नुवाकोट पर्यटन समाज (आरएनपिएस)का कार्यवाहक अध्यक्ष शिव लामिछनेले लेखक सिलवालको कलम फिकुरी यात्रामाथि पनि चल्नेछ भन्ने अपेक्षा गरेको बताए।

फिकुरी ट्रेल एक्सप्लोरेसन ट्रिपमा एनटिबी सदस्य महत, आरएनपिएसका कार्यवाहक अध्यक्ष लामिछाने, लेखक सिलवाल, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बिर गुरुङ, गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपालका द्वितीय उपाध्यक्ष गोपाल थापा, ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान)का कोषाध्यक्ष ऋतु ग्यामदान, चराविज्ञ जयनाथ भण्डारी, टिम लिडर उर्जा तामाङ, दिनेश तामाङ, गगन न्यौपाने लगायतलगायत ३० पदयात्री सहभागी थिए।

श्रीलंका प्रेस एसोसिएसन (एसएलपिए)को ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथिका रुपमा श्रीलंकामा निम्त्याइएका टुर-ट्रेकिङ गाइड तथा टेकिङ प्रशिक्षकसमेत रहेका सिलवालले त्यही बेलाको एक साता लामो श्रीलंका यात्रालाई पुस्तकमा समेटेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell