PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

खप्तड गोल्डकपको फाइनलका लागि यसरी तयार पारीँदैछ धनगढी रंगशाला

खप्तड गोल्डकपको फाइनलका लागि यसरी तयार पारीँदैछ धनगढी रंगशाला

एम बम/पहिलोपोस्ट


कैलाली : मोफसलकै सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको फाइनल खेल मंगलवार हुँदैछ। फागुन ०९ गतेदेखि सुरु भएको गोल्डकपको चौथो संस्करण मंगलवार सकिन लागेको हो। धनगढी रंगशालामा हुने फाईनल खेलमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब र थ्रीस्टार क्लब प्रतिस्पर्धा गर्नेछन्।

थ्रीस्टार लगातार दोस्रो पटक फाइनल पुगेको हो भने आयोजक सुदुरपश्चिम–११ पहिलो पटक फाइनल पुगेको हो। मंगलवार हुने फाइनल खेलमा जित हात पार्दै उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन्।

चौथो संस्करणसम्म आईपुग्दा दुवै टिमले उपाधि हात पार्न सकेका छैनन्। त्यसैले मंगलवार खप्तड गोल्डकपले नयाँ च्याम्पियन पाउने छ। दुवै टोली मंगलबार खप्तड गोल्डकपको नयाँ च्याम्पियन टिम बन्ने लक्ष्य सहित मैदान उत्रने छन्।

फाइनल अघि सोमवार आयोजना भएको प्रि म्याच कन्फरेन्समा दुवै टिमले उपाधि हात पार्ने दाबी गरेका छन्।

सुदुरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ। उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ। यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ। यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार प्रदान गरिने छ।



ट्रेन्डिङ पोस्ट

Ncell