PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजमा सञ्चालनमा आयो २ करोडको रेस्टुरेन्ट ‘वन एलेभन’



राधेश्याम पटेल

वीरगंजमा सञ्चालनमा आयो २ करोडको रेस्टुरेन्ट ‘वन एलेभन’

वीरगंज : वीरगंजमा सुविधा सम्पन्न रेस्टुरेन्ट ‘वन एलेभन प्रालि’ सञ्चालनमा आएको छ । वीरगंज-६ आदर्शनगरस्थित घोष मार्केटमा २ करोडको लगानीमा आधुनिक तथा आकर्षक लाउन्ज सोमवारदेखि सञ्चालनमा आएको हो।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले रेस्टुरेन्टको उद्घाटन गर्दै भने, ‘वीरगंजमा पर्यटकहरुको लागि बढ्दै गएको रेस्टुरेन्ट व्यवसायले यो क्षेत्रलाई आर्थिक गन्तव्य मात्र नभई पयर्टकीय गन्तव्यको रुपमा पनि चिनाउने छ।’

वीरगंजका दुई जना ट्रान्सपोर्ट व्यवसायीहरु सन्जय गुप्ता र अंकुश गोयंकाको संयुक्त लगानीमा रेस्टुरेन्ट सञ्चालनमा आएको हो। विगत ८ महिनादेखि अंकुशका दाइ अंकुर गोयंका र इन्टेरियर डिजाइनर बहिनी अन्शु गोयंकाको सक्रियतामा रेस्टुरेन्टको निर्माण कार्य शुरु गरिएको थियो।

रेस्टुरेन्टमा युवा पुस्ताका लागि आरामदायी वातावरणमा खाजा, नास्ता उपलब्ध गराउने अभिप्रायले नाइट क्लब प्रकृतिकै डिजाइनमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। उद्घाटनका दिन रेस्टुरेन्टले २० प्रतिशत छुट अफर दिएको थियो। रेस्टुरेन्टमा १२० जनालाई एकै समयमा सेवा दिन सकिने छ। प्रोपर लाउन्जको अवधारणा अनुसार लाइभ म्युजिक, गेमिङ जोन, फाइन डाइन टेबल र क्याबिनलगायतका सुविधासँगै फास्ट फुड, भारतीय, चाइनिज परिकार, चिया, कफी, ड्रिंक्सलगायतको सेवा उपलब्ध रहेको छ।

दिउँसो १ देखि राति साढे ९ बजेसम्म खुल्ने रेस्टुरेन्टमा कुक, वेटर तथा कर्मचारी गरी २० जनाले रोजगारी पाएका छन्। वीरगंजमा यसअघि सुविधा सम्पन्न लाउन्ज÷रेस्टुरेन्टको रुपमा ‘डग आउट’ र ‘एस लाउन्ज’ सञ्चालनमा आइसकेका छन्। वीरगंजका रेस्टुरेन्टहरुले दैनिक ८० हजारदेखि १ लाख रुपैयाँभन्दा बढीको कारोबार गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell