PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कांग्रेसमा थप केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य मनोनित



रासस

कांग्रेसमा थप केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य मनोनित

काठमाडौं : नेपाली कांग्रेसले विगतमा अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा रहेका र दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेकाहरुलाई पार्टीको विधान बमोजिम केन्द्रीय कार्यसमितिको सदस्य र आमन्त्रित सदस्यमा मनोनयन गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमवार जङ्गीलाल राय (सर्लाही) र कर्णबहादुर बुढा (डोल्पा)लाई केन्द्रीय सदस्यमा तथा मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिषेखप्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लमजुङ), जनकराज कलौनी (डडेल्धुरा), भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा)लाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका पार्टी कार्यालयले जनाएको छ।

यसैगरी कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम सभापति देउवाले पार्टीका विभिन्न अगुवा राजनीतिककर्मीहरुलाई पार्टीको ‘ज्येष्ठ राजनीतिज्ञसभा’को सदस्यमा मनोनयन गरेका छन्। उक्त सभामा पार्टीका अगुवा नेताहरु ढुण्डीराज शास्त्री सूर्यमान गुरुङ, पूर्णानन्द शर्मा, तेजमान तुम्वाहाङ्फे, छविकुमार शर्मा, देवीध्वज बस्नेत, डिल्लीप्रसाद सिटौला, हरिशंकर मिश्र, राजेन्द्र खरेल, खेमराज पौडेल, बाबुराम पुरी, सूर्यप्रसाद रेग्मी, देवेन्द्रप्रसाद उपाध्याय, भरतप्रसाद उप्रेती, तोपमान गुरुङ, रामचन्द्र सिंह, कृष्णबहादुर जोशी रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसैगरी सभामा चन्द्रप्रसाद न्यौपाने, लाल हमाल, तारापति सुवेदी, लक्ष्मीप्रसाद ताल्चाभडेल, तीर्थराज ज्ञवाली ‘चैतु’, सूर्यदत्त जोशी, भगवती सिंह, केदार ढकाल, अन्तराम भट्ट, मदन चन्द, केशरवावु थुलुङ राई, प्रमेश न्यौपाने, अजितनारायण सिंह थापा मनोनयन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell