PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

नेपाल-बंगलादेश व्यापार वार्ता : विद्युतदेखि धागोसम्म यी हुन मुख्य एजेण्डाहरु



खेमराज श्रेष्ठ

नेपाल-बंगलादेश व्यापार वार्ता : विद्युतदेखि धागोसम्म यी हुन मुख्य एजेण्डाहरु

काठमाडौं : नेपाल-बंगलादेशबीच सचिवस्तरीय व्यापार वार्ताका लागि दश वटा एजेण्डामा छलफल हुने भएको छ।

मंगलबारदेखि बंगलादेशको राजधानीमा ढाकामा हुने वार्ताका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही पूराना मुद्दा र केही नयाँ मुद्दा समेटेर एजेण्डा तयार पारेको छ। दुई दिन हुने वार्तामा वाणिज्य सचिव बैकुण्ठ अर्याल र सहसचिव नवराज ढकाल सहभागी हुँदैछन्।

वार्ताको सुरुमा चौथौं सचिवस्तरीय वार्ताको प्रगति समीक्षा गरिनेछ भने काठमाडौंमा भएको सहसचिव स्तरीय वार्ताको पनि समीक्षा हुने मन्त्रालय स्रोतले जानकारी दियो। मन्त्रालयका अनुसार नेपाल- विद्युत व्यापार सम्झौंतामा पनि छलफल हुनेछ। बंगलादेश नेपालबाट विजुली किन्न सहमत भइसकेको छ। बंगलादेशले माथिल्लो कर्णाली जलविद्युतबाट विजुली किन्न जिएमआरसँग सम्झौता समेत गरिसकेको छ।

मन्त्रालयका अनुसार सबैभन्दा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभाग र बंगलादेशको बीएसटीआई क्वारेन्टाइनबीच सम्झौता हुनेछ। यो सम्झौताले दुबै देशको प्रयोगशालालाई मान्यता दिनेछ।

यसैगरी साल्ट ट्रेडिङ र बंगलादेशको ट्रेडिङ कर्पोरेसनबीच सम्झौता हुनेछ। दुई कर्पोरेशनबीच कृषि उत्पादनको व्यापार गर्ने सम्झौता हुनेछ। बैठकमा वर्षौदेखि नेपालले भोग्दै आएको भन्सार र गैर भन्सार अवरोधका बारेमा पनि छलफल हुनेछ। बंगलादेशमा हरियो तरकारीको माग बढी भएपनि नेपालबाट निकासी गर्न सहज छैन। काकडभिट्टाबाट तरकारी, फलफूल र चिया जस्ता कृषिजन्य वस्तु निकासी गर्न खोज्दा धेरै प्रशासनिक झमेला नेपाली पक्षले ब्यहोर्दै आएका छन्।

बंगलादेशमा असार र साउन महिनामा गोलभेडाको उच्च माग हुने भएकाले निर्यातको सम्भावना छ। यो वाहेक धागो निकासीमा समेत नेपाली उद्योगीले झझण्ट व्यहोर्दै आएका छन्। बंगलादेशले लामो समयपछि नेपालबाट धागो निकासी खुला गर्यो। तर नेपालबाट एक्रेलिक धागो मात्रै निकासी गर्न पाउने प्रावधान राख्यो।

एक्रेलिक धागो मात्रै निकासीको सुविधाले नेपाली उद्योगलाई कुनै फाइदा नभएकोले निकासी धेरै न्यून भएको हो। एक्रेलिक धागोको माग बंगलादेशमा अत्यन्तै न्यून छ। भिस्कस यार्न, पोलिष्टर भिस्कस, डाइड यार्न (रंगिन धागो)को माग बंगलादेशमा उच्च छ। केही वस्तुलाई भन्साररहित सुविधाका दिन बंगलादेशलाई आग्रह गर्ने एजेण्डालाई समेत प्राथमिकतामा राखेको छ।

यसैगरी नेपालले मनाइरहेको भिजिट नेपाल २०२० लाई सहयोग गर्न बंगलादेशसँग छलफल गरिनेछ। वार्तामा हवाई रुटको विषयलाई पनि एजेण्डामा राखिएको छ। नेपालको विराटनगर/भद्रपुरदेखि बंगलादेशको सायादपुर/रंगपुरसम्म सीधा हवाई उडानको एजेण्डा समेत प्राथमिकतामा छ।

जुस र धागो निर्यातको आ-आफ्नै एजेण्डा

नेपालले धागो निकासीलाई प्राथमिकतामा राखेको छ भने बंगलादेशले जुस निकासीलाई मुख्य एजेण्डा बनाउने देखिएको छ। दुबैले संरक्षणको नीति अख्तियार गर्दै आयातमा कडाइ गरेका छन्।

नेपालले जुस आयातमा प्रतिबन्ध लगाएको छ भने धागोमा बंगलादेशले कडाईको नीति लिएको छ। वार्षिक दुई अर्ब भन्दा बढी जुस निकासी गर्ने बंगलादेशले यो एजेण्डालाई प्राथमिकतामा राख्ने मन्त्रालयका एक अधिकारीले बताए। नेपालले पनि धागो निकासी सहजीकरणका लागि बलियो रुपमा आफ्नो भनाई राख्ने स्रोतले बतायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell